Logo

युरोपा लिगमा स्पेनिस क्लब सेभिल्लाको साँघुरो जित



Spread the love

१७ असोज, काठमाडौं । स्पेनिस क्लब सेभिल्लाले युइएफए युरोपा लिग फुटबलमा अपोइल निकोसियामाथि जित हात पारेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सेभिल्लाले अपोइल निकोसियामाथि १–० ले जित हात पारेको हो ।

सेभिल्लालाई जित दिलाउने क्रममा जेभियर हर्नान्डेजले १७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै अपराजित रहेको सेभिल्लाले समूह ‘ए मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित अपोइल अंकविहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्