Logo

विश्वकप फुटबल छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दै



Spread the love

२३ असोज, काठमाडौँ । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत् नेपालले आज आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । क्यानबेरामा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बाट सुरु हुनेछ ।

विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । कठिन टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ ।

खेलअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा टोली उच्च मनोवलसहित मैदानमा उत्रने नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेमजोङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्