Logo

भिलेन अबतारमा देखिदै सलमान



Spread the love

२००८ मा रिलिज भएको चलचित्र ‘रेस’को तेस्रो सिरिज बन्ने भएको छ । चलचित्रका लागि सलमान खान र ज्याक्लिन फर्नान्डिजलाई लिने पक्का भएको छ । यो खबरको पुष्टि ज्याकलीन आफैले मिडियामा गरेकी छिन् ।

निकै समय देखि प्रतिक्षा गरिएको तेस्रो सिरिजलाई रेमो डिसुजाले निर्देशन गर्नेछन् । यसको पहिलो भागलाई अब्बास मुस्तानले निर्देशन गरेका थिए । २००८ मा सर्वाधिक कमाई गर्ने चौथो फिल्ममा पर्न सफल भएको ‘रेस’मा सैफअलि खान, विपासा वाशु, अक्षय खन्ना, अनिल कपूर, कट्रिना कैफ लगायतका कलाकारको अभिनय रहेको थियो ।

त्यसैगरी सय करोड माथिको व्यापार गर्न सफल भएको अब्बासको नै निर्देशन रहेको ‘रेस २’मा सैफअलि खान, अनिल कपूर, दीपिका पादुकोण, जोन अब्राहम, ज्याक्लिन फर्नान्डिज लगायतका कलाकारको अभिनय रहेको थियो ।‘रेस २’ २०१३ मा प्रदर्शनमा आएको थियो । रेसमा अक्षय खन्नाको भुमिका रहेको थियो भने रेस २ मा जोन अब्राहमले भिलेनको भुमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्