Logo

साहित्य सम्मेलन सम्पन्न



Spread the love

२५ असोज, भक्तपुर – भक्तपुर नगरपालिका–२ नःपुखुमा दुई दिनसम्म सञ्चालन भएको ३९औँ नेपाल भाषा साहित्य तःमुंज्या अर्थात् बृहत साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सम्मेलनको समापन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सांस्कृतिक गुरूहरूमध्ये दाफा भजनका गुरू गोपसिं बोय्जू, खिंबाजाका गुरू हरिभक्त सुवाल, बाँसुरी बाजाका गुरू काजीलाल बोय्जू र डाफा भजनका गीत गुरू लक्ष्मीभक्त व्यान्जूलाई सम्मान गरे ।

त्यसैगरी साहित्यिक प्रतियोगितातर्फ निवन्ध विधामा प्रथम हुने एलके सुन्दर र दोस्रो हुने प्रेमके निडरसहित लेखक ओम धौभडेललाई अध्यक्ष बिजुक्छेले पुरस्कार प्रदान गर्नुभयो । त्यस्तै कवितातर्फ प्रथम हुने केशव तमखू, दोस्रो हुने भक्तलक्ष्मी भासिमा, तेस्रो हुने सुनिता गाइसी र सान्त्वना हुने पृथ्वीकुमार प्रजापतिलाई उनले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले संस्कृति संरक्षणका लागि युवापुस्तालाई तयार पार्नुपर्नेमा जोड दिँदै साहित्य पनि देश परिवर्तनका लागि क्रान्तिका संवाहक बन्दै आएको भनाइ राखे ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, शहीद साप्ताहिकका सम्पादक नारायण महर्जन, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार तेजेश्वरबाबु ग्वंग, मनोविद् धनरत्न शाक्य, डा शम्भु पहाडी, लेखक शास्त्रदत्त पन्त, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, साहित्यकार रामप्रसाद ज्ञवाली, डा पुकारचन्द्र श्रेष्ठ, डा तीर्थबहादुर श्रेष्ठ, प्रा डा जट्टाधर झा, स्त्रीरोग विशेषज्ञ डा सानुमाया श्रेष्ठ, सम्पदा संरक्षणकर्मी भागवततनरसिं प्रधान, लेखक शिशिर वैद्य, लेखक योगेन्द्रमान श्रेष्ठ, धर्म राजकर्णिकार, कृष्णलाल प्रधानलगायतले देश विकासमा साहित्यिक क्रान्ति आवश्यक रहेको औँल्याए ।

अधिवक्ता अनिता जधारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष गणेशप्रसाद सुवाल र कोषाध्यक्ष प्रनेश बाटीले संस्थाको परिचय एवं आय–व्यय प्रस्तुत गरे । कार्यक्रममा २४ भन्दा बढी अग्रज तथा नयाँ साहित्यकारको कविता, कथा र गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिविध सांस्कृतिक समूहका नृत्य, नाटक, गीतलगायतको सांस्कृतिक प्रस्तुती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्