Logo

मैत्रीपूर्ण खेलमा ब्राजिल नाइजेरियासँग बराबरीमा रोकियो



Spread the love

२७ असोज, काठमाडौं । ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नाइजेरियासँग १-१ को बराबरीमा रोकिएको छ । आइतबार बेलुका नाइजेरियासँगको खेल दौरान ब्राजिलका फरवार्ड  नेइमार चोटग्रस्त भएका हुन् ।

उनी खेलको १२ औं मिनेटमा बायाँ तिघ्रा समाउँदै मैदानबाट बाहिरिएका थिए । उनले सम्भवत पीएसजीको अर्को च्याम्पियन्स लिग खेल गुमाउने सम्भावना रहेको छ । पीएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका नेयमार केहि साता अगाडी मात्र चोटबाट फर्केका थिए ।

३५ औँ मिनेटमा अरिबोको गोलमार्फत नाइजेरियाले सुरुवाति अग्रता लिएको थियो। ४८ औँ मिनेटमा कासेमिरोले ब्राजिलका लागि बराबरी गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्