Logo

आफ्ना माग पूरा नभए पुन: अनशन बस्ने डा. केसीको चेतावनी



Spread the love

२७ असोज, काठमाडौं । डाक्टर गोविन्द केसीले फेरि अनशन सुरु गर्ने भएका छन्। आज पत्रकार सम्मेलन गरी डा केसीले विभिन्न ६ वटा माग राख्दै अनशन सुरु गर्ने घोषणा गरेका हुन्।

आज टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए ।

त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकासप्राप्त उनले अब कहाँ अनशन बस्छन् भन्नेबारे खुलासा गरेका छैनन् । आफू नेपालको जुनसुकै कुनाकाप्चामा पुगेर पनि अनशन बस्नसक्ने उनको भनाइ रहेको छ ।

डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्