Logo

विश्वकप छनोट: नेपालले आज जोर्डनको सामना गर्दै, विगत बिर्साउन नेपालको लागि राम्रो अवसर



Spread the love

२८ असोज, काठमाडौं । विश्वकप फुटबलको छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे बाट खेल सुरु हुनेछ।

विश्वकप छनोटमा हालसम्म भएका तीन खेलमा नेपाल एक खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । कुवेतसँग ७–० ले पराजय भोगेको नेपालले चाईनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । त्यस्तै, पाँचपटक विश्वकप खेलिसकेको अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो ।

नेपालको जोर्डनसँगको विगत राम्रो छैन । सन् २०११ को जुलाई २३ मा विश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसँग नेपाली टोली ९–० ले पराजित भएको थियो । सो हारको बदला लिन नेपालको लागि राम्रो अवसर रहेको छ ।

शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन रहँदा चौथो स्थानमा नेपाल छ । त्यस्तै पुछारमा चाइनिज ताइपेई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्