Logo

कोरियाली पप स्टार सुली मृत अवस्थामा फेला



Spread the love

२८ असोज, काठमाडौं । कोरियाली पप स्टार सुलीको २५ वर्षको उमेरमा मृत्यु भएको छ । राजधानी सिउलस्थित आफ्नै घरमा सुलीले आत्महत्या गरेको हुन सक्ने आशंका स्थानीय प्रहरीले गरेको छ।

इन्स्टाग्राममा ५० लाख भन्दा बढी फलोअर्स भएकी पप स्टार उनी पप ब्यान्ड एफका पूर्व सदस्य हुन् । सन् २०१५ मा अभिनय क्षेत्रमा प्रवेश गरेसंगै उनले ब्यान्ड छोडेकी हुन् । वास्तविक नाम चोय जीन–री हो । सामाजिक सन्जाल र अनलाइनहरुमा सुल्लीको व्यवहारलाई लिएर उछितो काढ्न थालिएपछि उनी पछिल्लो समय निस्कृयजस्तै थिइन्।

सुलि के पप स्टार जोङ्गह्युनकी निकै मिल्ने साथी हुन् । सन् २०१७ मा जोङ्गह्युनले २७ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्