Logo

युरोकप छनोट: बुल्गेरियामाथि इंग्ल्यान्डको सानदार जित



Spread the love

२८ असोज, काठमाडौं । युरोकप छनोटमा इंग्ल्यान्डले बुल्गेरियामाथि फराकिलो जित हात पारेको छ । सोमबार राति समूह ‘ए’ को खेलमा घरेलु टोली बुल्गेरियामाथि इंग्ल्यान्डले ६-० गोलको फराकिलो जित हात पारेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउने क्रममा रोस बार्कली र रहिम स्टर्लिङले समान २-२ गोल गरे । त्यस्तै, कप्तान हृयारी केन र मार्कुस राष्फोर्डले समान १-१ गोल गरे । प

जितसँगै इङ्ल्यान्डले ६ खेलबाट १५ अंक बनाएको छ । इङ्ल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा छ । तीन अंक बनाएको बुल्गेरिया अन्तिममा छ । यही समूहको अर्काे खेलमा कोसोभोले मोन्टेनेग्रोलाई २–० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्