Logo

यस्ता कारणले तपाईंको सम्बन्ध दिन प्रति दिन टुटिरहेको त छैन?



Spread the love

सम्बन्धको कोमल धागो मनसित जोडिएको हुन्छ । जब सम्बन्ध टुट्छ तब सीधा प्रभाव मनमा पर्छ । हामी सबैजना आफ्नो सम्बन्धबाट केही अपेक्षा र आशा राख्छौं । जब यी आशा–अपेक्षा टुट्छन् तब पीडा हुन्छ ।

सम्बन्ध जोड्नुभन्दा त्यसलाई जोगाइराख्न निकै गार्हो हुने गर्छ । पछिल्लो समय सम्बन्धलाई टिकाइराख्न पनि निकै कठिन हुँदै गएको छ । धेरै सम्बन्धहरु व्यस्त जीवनशैलीका कारण पनि टुट्ने गरेका छन् ।अक्सर सम्बन्धमा रहेका मानिसहरु एक अर्काभन्दा दोस्रो व्यक्तिसँग घुलमिल हुँदा पनि सम्बन्धमा खल्लो पना आउँन थाल्छ । सम्बन्धमा चिसोपना आउनुले दुवैजनाको जिन्दगीमा निकै असर पर्ने गर्छ ।
अनलाइनमा हुँदा पनि वेवास्ता गर्नु
इन्टरनेटको पहुँचमा भएको समयमा पनि आफ्नो पार्टनरलाई समय नदिँदा त्यसले सम्बन्धमा नराम्रो असर पार्न सक्छ ।

प्रतिक्रिया जनाउनु जरुरी
यदि तपाईं सम्बन्धमा हुनुहुन्छ र एक अर्काको कुरामा प्रतिक्रिया जनाउनु हुँदैन भने तपाईंको सम्बन्धमा चिसोपना आउँन थाल्छ ।

व्यस्तता
व्यस्त रहनु तपाईंको सौख हो भने त्यसको असर प्रत्यक्ष रुपमा सम्बन्धमा पर्छ । आफ्नो कामलाई प्राथमिकता दिने तर सम्बन्धलाई धेरै ख्याल नगर्दा सम्बन्ध टुट्न सक्छ ।

फैसलाको कदर
एक अर्काको फैसलाको कदर नगर्ने र मनोमानी गर्ने बानीले सम्बन्धमा चिसोपना आउँदै जान्छ ।

नयाँ ठाउँ
नयाँ ठाउँ घुम्दा आफ्नो नजिकको मान्छे र परिवारलाई भुल्ने बानीले पनि सम्बन्धमा दरार पैदा हुन्छ ।

अलग–अलग लक्ष्य
कसैलाई मन पराउनुहुन्छ र ऊसित जीवन गुजार्न चाहनुहुन्छ र पनि आपसी मतभेद सिर्जना हुन्छ । त्यसो हुनुको कारण हो, तपाईंका लक्ष्य अलग–अलग छन् ।

स–साना कुराको प्रभाव

‘उसले यस्तो किन भन्यो वा किन गर्‍यो’, मात्र यही कुरामा सोचविचार गरी हामी प्राय: आफ्नो प्रेमपूर्ण सम्बन्धलाई दाउमा लगाउँछौं । ‘म त उसको यति धेरै सम्मान गर्छु, तर उसले सबका सामु मेरो बेइज्जत गर्‍यो…..’ कुरा नै सम्बन्धमा चिरा पार्नका लागि पर्याप्त छ ।

धोका
धोकाबाट नै अविश्वासले जन्म लिन्छ र त्यसपछि सम्बन्धको अर्थ रहँदैन । हिजोआज एक–अर्कालाई चिट गर्नु सामान्य भैसकेको छ, कारण सबैले सम्बन्धलाई गम्भीरतापूर्वक नभई क्याजुयली लिन थालेका छन्, त्यसैले सम्बन्ध र मन टुट्ने अवस्था बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्