Logo

युरोकप छनोट: इटालीको प्रभावशाली जित



Spread the love

२९ असोज, काठमाडौं । युरोकप फुटबल २०२० मा सबै भन्दा पहिले स्थान पक्का गरेको इटालीले छनोट चरणमा सानदार जित निकालेको छ । समूह जे अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीले लिचेस्टाइनलाई ५–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा इटालीका लागि खेलको दोस्रो मिनेटमा नै फेदेरिको बर्नार्देस्कीले गोल गरे । यस्तै आन्द्रेआ बेलोतीले ७० र इन्जुरी समयको दोस्रो मिनेट गरी दुई गोल गरेका थिए ।

यस्तै एलेसिओ रोमाग्नोलीले ७७ तथा स्तेफान एल शरावीले ८२ औँ मिनेटमा गोल गरेपछि इटाली ५–० ले विजयी भयो । ८ खेलबाट २४ अंक बटुलेको इटाली समूहको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्