Logo

भव्य बन्दै मालिका माविको शैक्षिक महोत्सव, मदाने गाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान



Spread the love

३० असोज, गुल्मी – जिल्लाकै विकट मानिने मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माध्यामिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सव भव्य बन्दै गएको छ । मालिका माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित महायज्ञको बिहिबार चौथो दिनसम्म विभिन्न व्यक्ति तथा संघसस्थाबाट करिब २१ लाख रकम जुटेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

त्यस्तै, छिमेकी मदाने गाउँपालिका मालिका माविलाई आर्थिक सहयोग गर्ने पहिलो स्थानीय तह बनेको छ । चौथो दिनको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसिले मदाने गाउँपालिकाबाट ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । मालिका मावि पश्चिम क्षेत्रको महत्त्वपूर्ण शैक्षिक केन्द्र रहेको बताउँदै दीर्घकालीन र सबैलाई सम्मान हुने प्राविधिक विषय सञ्चालन गर्नु पर्ने उनको भनाई थियो ।

चौथो दिनसम्म आईपुग्दा टीका बहादुर जिसिबाट १ लाख १ हजार १ सय ११, कृष्ण प्रसाद अर्यालबाट, ५२ हजार ६ सय ६, भिमा कुमारी अर्यालबाट ५२ हजार ५ सय ५,  सुर्य बहादुर जिसिबाट ५२ हजार १ सय , झबिन्द्र ध्वज जिसिबाट ५१ हजार ५ सय ५५ , थम्मन बहादुर जिसिबाट ५१ हजार ५ सय ५ प्राप्त भएको महायज्ञ सचिवालय स्रोतले जनाएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्