Logo

सुख शान्तिको लागि शुक्रवारको दिन सन्तोषी माताको पूजा गरौँ



Spread the love

हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा सन्तोषी मातालाई पुज्ने गरिन्छ । अन्य हरेक बार जस्तै शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने र पूजा गर्ने चलन चलि आएको छ । धार्मिक मूल्य मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् ।

सन्तोषी माताले हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन् । माता सन्तोषीको व्रत तथा पूजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुख शान्ति मिल्ने छ । माताको ब्रत भौतिक सुख प्राप्तिका साथै शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सम्म सन्तोषी माताको ब्रत बसेपछि सन्तोषीमाताको ब्रत पूरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्