Logo

टि ट्वान्टी विश्वकप छनोट: पहिलो खेलमै ओमनको विजयी सुरुवात



Spread the love

२ कात्तिक, काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमै ओमानले बिजयी सुरुवात गरेको छ। शुक्रबार राती भएको खेलमा घरेलु टोली यूएईमाथि ७ विकेटले जित निकालेको हो ।

१ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेटको नोक्सानीमा भेटायो। अकीव इलियासले ५१ बलको सामना गर्दै अविजित ४५ रन जोडे । अमिर कलिम २७,जेशन मक्सुद १६ र जितेन्द्र सिंहले १५ रनको योगदान दिएका थिए । ओमनलाई सस्तैमा समेट्ने क्रममा अमिद राजा र जुनैद सिद्दीकीले समान १ विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङ सुरु गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनायो । यूएईका लागि ओपनर चिराग सुरीले १६,रोहन मुस्तफा २४,मुहम्मद उस्मान २७ र रमिज शहजादले १४ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

बिलाल खान र फयाज बट्ट समान ३ विकेट लिएका थिए । मोहम्मद नदीम र खवर अलीको नाममा समान १-१ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्