Logo

काठमाडौँको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ



Spread the love

४ कात्तिक, काठमाडौं । प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुको नाम र विवरण भने सार्वजनिक गरिएको छैन । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्