Logo

प्रिमियर लिगमा आर्सनल शेफिल्ड युनाइटेडसँग स्तब्ध



Spread the love

५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल शेफिल्ड युनाइटेडसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा आर्सनल शेफिल्ड युनाइटेडसँग १–० ले पराजित भएको हो।

खेलको ३० औं मिनेटमा लेस मुसेटले गरेको निर्णायक गोल नै जितका लागि शेफिल्ड युनाइटेडलाई पर्याप्त भयो ।

जितपछि शेफिल्ड युनाइटेड ९ खेलबाट १२ अंक जोड्दै नवौँ स्थानमा उक्लिएको छ । पाँचौँ स्थानमा कायम रहेको आर्सनलको ९ खेलबाट १५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्