Logo

चाबहिलमा पुरानो घर भत्किँदा दुई जना घाइते



Spread the love

६ कात्तिक, काठमाडौं । चाबहिल शान्तिमार्गमा पुरानो घर भत्काउने क्रममा गारोले पुरिएर दुई जना गम्भीर घाइते भएका छन्। घर भत्काउने क्रममा छतसहित झर्दा त्यही घर भत्काउने कामदार दिपक तामाङ र नजिकैको पसलमा कार्यरत रामबहादुर कुँवर घाइते भएको गौसला प्रहरी वृत्तका डिएसपी प्रदिप सिंहले जानकारी दिए।

घाइतेमध्ये एकजनाको चाबहिलस्थित मेडिकेयर अस्पतालमा र अर्कोको दीर्घायु अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्