Logo

च्याम्पियन्स लिग: डर्टमन्डमाथि इन्टर मिलानको सहज जित



Spread the love

७ कात्तिक, काठमाडौं । इटालियन क्लब इन्टर मिलानले बोरुसिया डर्टमन्डमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली इन्टर मिलानले डर्टमन्डमाथि २–० को सहज जित निकालेको हो ।

इन्टरको जितमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज र एन्टेनियो क्यानड्रेभाले गोल गरे । खेलको २२ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ८९ औँ मिनेटमा एन्टोनीयोले गोल गर्दै इन्टरलाई सहज जित दिलाएका थिए ।

जितसँगै समूह ‘एफ’ मा इन्टर ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४ अंक रहेपनि डर्टमन्ड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्