Logo

प्रिय मित्रसँग प्रेममा पर्दा के हुन्छ ?



Spread the love

मानिसले आफ्ना आमा-बुबासँग भन्न नसकेका अधिकांश कुराहरु आफ्ना प्रिय मित्रलाई सजिलै भन्ने गर्छन् । मित्रताले नारी-पुरुष भन्दैन । यसले त केवल सच्चा साथीको साथलाई मात्र खोज्ने गर्छ । प्रायः सबैको जीवनमा कोही न कोही मिल्ने साथी हुन्छन् ।

हामी आफ्ना सम्पूर्ण कुराहरु आफ्ना मिल्ने साथीसँग शेयर गर्नुको साथै उनीहरुसँग धेरैभन्दा धेरै समय बिताउन चाहन्छौं। तर, कहिलेकाहीँ गहिरो मित्रता प्रेममा परिणत हुने सम्भावना धेरै हुन्छ । तर, तपाईंले आफ्नो मित्रलाई प्रेम गर्नुहुन्छ भन्दैमा उसले पनि तपाईंलाई प्रेम गर्छ भन्ने चाही हुँदैन । यस्तो परिस्थितिमा यसको असर तपाईंको मित्रतामा पनि पर्न सक्छ ।

मित्रता पहिले जस्तो हुँदैन
यदि तपाईं आफ्नो प्रिय मित्रलाई गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड बनाउने बारेमा सोच्दै हुनुहुन्छ भने सर्वप्रथम आफ्नो मित्रताको बारेमा सोच्नुपर्छ । किनभने तपाइर्ंको एकतर्फी प्रेमका कारण तपाईंले आफ्नो प्रिय मित्रलाई गुमाउन सक्नुहुन्छ ।

प्रेमका कारण मित्रतामा पनि नराम्रो असर पर्छ
प्रेमका कारण मित्रतामा नराम्रो असर पर्न सक्छ । तपाईले आफ्नो मिल्ने साथीको बारेमा जस्तो महसुस गर्नुहुन्छ । उसले पनि तपाईको बारेमा त्यस्तै सोच्छ भन्ने हुँदैन । यो कुरा दुःखको कारण पनि बन्नसक्छ ।

तपाईंलाई सल्लाह दिने कोही हुँदैन
यदि आफ्नै मिल्ने साथीलाई प्रेम प्रस्ताव राख्नुभयो र त्यो अस्वीकार भयो भने तपाईंले आफ्नो जीवनको सबैभन्दा राम्रो सल्लाकारलाई गुमाउन सक्नुहुन्छ । तपाईंहरुबीचको समस्या समाधान गर्ने कोही हुँदैन ।

प्रतिक्रिया दिनुहोस्