Logo

म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा



Spread the love

१६ कात्तिक, काठमाडौं । म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका हुन् ।

विश्वकप छनोटमा जोर्डनविरुद्व रहेका ४ महत्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ । गोलकिपर किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङलाई यस पटक टोलीमा समाबेश गरिएको छैन भने फरवार्ड भरत खवासले ६ महिना भन्दा लामो समयपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् ।

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल नोभेम्बर ७ मा हुनेछ । यस मेत्रीपूर्ण खेललाई फिफा विश्वकप छनोट २०२२ अन्तर्गत नोभेम्बर १९ मा घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि तयारीको रुपमा लिइएको छ ।
नेपाली टोलि
गोलकिपर: बिकेस कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने
डिफेन्डर : सरोज दाहाल,अजित भन्डारी, दिनेश राजबन्शी, अनन्त तामाङ, देभेन्द्र तामाङ,रजिन धिमाल, सुमन अर्याल
मिड्फिल्डर: सुनिल बल, रबि पासवान, अन्जन बिस्ट, सुजल श्रेष्ठ, विक्रम लामा,तेज तामाङ, सन्तोष तामाङ, सुबास गुरुङ, मिक्छेन तामाङ
फर्वाड: भरत खवस, बिमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्