Logo

टि ट्वान्टी सिरिजमा न्युजिल्यान्डसँग इंग्ल्यान्ड पराजित



Spread the love

१९ कात्तिक, काठमाडौं । पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ । मंगलबार जितका लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६६ रन बनायो ।

इङ्ल्याण्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए । इङ्ल्याण्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन मात्र बनाएको थियो । न्युजिल्यान्डका लोकी फग्र्यूसन र ब्लेयर टिकरले समान २ विकेट लिए । मिचेल सान्टनार र इश सोधीको नाममा १-१ विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्