Logo

च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै, बार्सिलोनाले स्लाभियाको समाना गर्दै



Spread the love

१९ कात्तिक, काठमाडौं । यूइएफए च्याम्पियन्स लिगमा आज राति आठ महत्वपूर्ण खेल हुँदैछन्। जसमा बार्सिलोना, चेल्सी, लिभरपुल, बोरुसिया डर्टमुन्डजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।

समुह ‘ई’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले बेल्जीयमको गेन्कसँग खेल्दा इटालीको नापोलीले अष्ट्रियाको रेडबुल साल्जबर्गको सामना गर्नेछ ।

समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोना र चेक गणतन्त्रको स्लाभिया प्राग तथा जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको इन्टर मिलान भिड्नेछन् ।

समूह ‘जी’ मा रुसको जेनिथ र जर्मनीको लेप्जीग तथा फ्रान्सको लियों र पोर्चुगलको बेनिफिकाबिच भिडन्त हुनेछ ।

यसैगरी समूह ‘एफ’ मा इंग्ल्याण्डको चेल्सीले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग खेल्दा स्पेनको भ्यालेन्सिया र फ्रान्सको लिल आमने सामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्