Logo

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



Spread the love

२० कात्तिक, सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना ८ ख ६२७० नम्वरको टिपरको ठक्करबाट ना ४६ प २५८२ नम्वरको मोटरसाइकलका चालक जिल्लाको ईश्वरपुर नगरपालिकाका दिपेन महतोको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिईसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्