Logo

५३ ओभरको खेल सकिँदा एमसीसीको बलियो प्रर्दशन



Spread the love

२० कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीन दिवसीय क्रिकेटको पहिलो दिनको खेलमा ५३ ओभरको खेल सकिँदा २०२ रन पुरा गरेको छ । टस हारेर ब्याटिङ थालेको एमसीसीले मध्यम सुरुआत गर्दै २०२ रन पुरा गरेको हो ।

एमसीसीका लागि विल रोर्डसले ७३ रन पूरा गरेका थिए । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले ३० ओभरको खेल सकिँदा १०० रन पूरा गरेको थियो । ३५ ओभरको दोस्रो बलमा सोमपाल कामीले ओपनर विल राड्सलाई ७३ रनमा बोल्ड आउट गरे । रोड्सले १ सय १० बलमा १२ चौका प्रहार गरे ।

त्यसअघि ब्यक्तिगत १४ रनमा विनोद भण्डारीलाई क्याच छाडेपछि जीवनदान पाएका थिए । वेस्ट्ली र रोड्स दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।

नवौं ओभरको पहिलो बलमा सोमपालले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीले उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काए ।

नेपालका लागि सोमपाल कामीले र शरद भेषवाकरले समान २-२ विकेट लिएका छन् ।

एमसीसी विरुद्धको फर्ष्ट क्लास क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लसहित सोमपाल कामी, शरद भेषवाकर, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, राजु रिजाल, पवन सर्राफ, करण केसी र ललितनारायण राजवंशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्