Logo

सात शिक्षकलाई सम्मान



Spread the love

२१ कार्तिक, भक्तपुर – चाँगुनारायण नगरपालिकाले यस नगरक्षेत्रभित्र रहेका स्वेच्छिक अवकाश लिने सातजना शिक्षकलाई जनही नगद एक लाख पुरस्कारसहित दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ ।

नगरपालिकाले देवी मावि सौडोलमा बुधबार आयोजना गरेको सम्मान कार्यक्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले सम्मान गरेका हुन् । मेहेन्द्रग्राम माविका उद्धबबहादुर खड्का, कृष्ण आधारभूत विद्यालयका कृष्णबहादुर कार्की, पञ्चकन्या आधारभूत विद्यालयका जानुका कुमारी पौडेल, वाल्मीकि आधारभूत विद्यालयका रामप्रसाद काफ्ले, चाँगुनारायण माविका लक्ष्मीप्रसाद सुवाल, वाल्मीकेश्वर माविका श्यामप्रसाद तिमल्सिना र गणेश माविका सानुभाइ खत्रीलाई एक–एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरी दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्