Logo

पहिलो इनिङमा नेपालको खराब सुरुवात



Spread the love

२१ कात्तिक, काठमाडौं । नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो इनिङमा १०१.५ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको छ । एमसीसीले दोस्रो दिन ८६ ओभरमा ३११-६ को अवस्थाबाट इनिङ थालेको थियो ।

यासिर अराफात ६५ रनमा अविजित रहे । ९१ ओभरमा करण केसीले एलेक्स थम्पसनलाई ३० रनमा एलबी डब्लू आउट गरे । एमसीसीका लागि विल रोर्डसले ७३ रन पूरा गरेका थिए । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले ३० ओभरको खेल सकिँदा १०० रन पूरा गरेको थियो । ३५ ओभरको दोस्रो बलमा सोमपाल कामीले ओपनर विल राड्सलाई ७३ रनमा बोल्ड आउट गरे । रोड्सले १ सय १० बलमा १२ चौका प्रहार गरे ।

त्यसअघि ब्यक्तिगत १४ रनमा विनोद भण्डारीलाई क्याच छाडेपछि जीवनदान पाएका थिए । वेस्ट्ली र रोड्स दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए । सोमपाल कामी र शरद भेषवकरको नाममा समान २ विकेट रह्यो ।

दोस्रो दिन बिहीबार आफ्नो पहिलो इनिङ ब्याटिङ थालेको नेपालले लञ्च ब्रेकअघि ३ विकेट गुमाइसकेको छ।

कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएका छन् भने राजु रिजाल ८ रन र शरद भेषवाकर ४ रनमै पेभेलियन फर्किएका छन्। आरिफ शेख ५ रन बनाएर खेलिरहेका छन्। नेपालले ८.३ ओभर खेल्दा केवल १८ रन जोडेको छ।

प्रतिक्रिया दिनुहोस्