Logo

म्यानचेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरणमा प्रवेश



Spread the love

२२ कात्तिक, काठमाडौं । युरोपा लिग फुटबलको नकआउट चरणमा इंग्लिस क्लब म्यानचेस्टर प्रवेश गरेको छ । बिहिबार राति भएको समूह ‘एल’ को खेलमा सर्वियन क्लब पार्टीजान बेलग्रेडलाई ३–० गोलले पराजित गर्दै युनाइटेडले नकआउट चरणमा स्थान बनाउन सफल भयो ।

म्यानचेस्टरको जितमा ग्रिनउडले २१, मार्टियलले ३३ र रास्फोडले ४९ मिनेटमा गोल गरेका थिए। जितसँगै म्यानचेस्टरले समूह ‘एल’ मा चार खेलबाट १० अंक जोडेको छ।

अर्को खेलमा पोर्चुगिज क्लब भिक्टोरिया गुइमारेसले इंग्लिस क्लब आर्सनललाई १–१ को बराबरीमा रोकेको छ।

प्रतिक्रिया दिनुहोस्