Logo

एमसीसीविरुद्धको खेलमा नेपाल फराकिलो हार नजिक पुग्दै



Spread the love

२२ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाल फराकिलो हारतर्फ लम्किदै छ । तेस्रो तथा अन्तिम दिन टि ब्रेक अघि ३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाएको छ ।

नेपालले जितको लागि अन्तिम सेसनमा २ सय ४९ रन बनाउनु पर्ने हुन्छ । नेपालका लागि सन्दीप लामिछाने २ छक्का र १ चौका सहित १६ रनमा क्रिजमा छन् । सन्दीपले एलेक्स थम्सपनलाई ३४ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई छक्का तथा पाँचौ बलमा चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्