Logo

प्रथम श्रेणी तीनदिवसीय खेल: एमसीसीविरुद्ध नेपालको लज्जास्पद हार



Spread the love

२२ कात्तिक, काठमाडौं । प्रथम श्रेणी तीनदिवसीय खेलमा घरेलु टोली नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग लज्जास्पद हार भोगेको छ । नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन जोडे । राजु रिजाल ५ चौका सहित ३१ रनको योगदान दिए । शरद भेषवकर १५, ज्ञानेन्द्र मल्ल ६, मध्यक्रमका विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फ शून्यमा आउट भए ।

सोमपाल कामी र करण केसीले आठौं विकेटका लागि ४६ रनको सझेदारी गरेका थिए । सन्दीप ४० औं ओभरमा २५ रनमा एलबी डब्लू आउट भए ।

एमसीसीका ओलिभर डल्बीले सर्वाधिक ५ विकेट हात पारे । एमसीसीले ३६ ओभरमा १ सय ८१ रन जोड्न ६ विकेट गुमाएको अवस्थामा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्