Logo

यस्ता काम गर्नाले तपाईलाई सय वर्षसम्म बाँच्न सघाउँछ



Spread the love

संसारका जुनसुकै मानिसको सकेसम्म लामो उमेरसम्म बाँचौं भन्ने हुन्छ त्यो पनि ‘गुड हेल्थ’ मा । हुन त नेपालमा पनि सय वर्ष बढी बाँच्ने थुप्रै मानिस नभएका होइनन् । यस्ता तीन काम गर्नाले हामीहरुले लामो आयु प्राप्त गर्न सक्छौ ।
-सक्रिय जीवनशैलीः
नियमित व्यायामले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ जसले मानसिक स्वास्थ्यलाई चुस्त बनाउन सहयोग गर्छ । यसले मुटुरोग र टाइप टु मधुमेहबाट पनि जोगाउँछ ।
-स्वस्थ खानपिनः
आफ्नो खान्कीमा प्रशस्त मात्रामा फलफूल र सागसब्जी निकै अत्यावश्यक छ । माछा, गेडागुडी धेरैभन्दा धेरै खाने र प्रोसेस्ड फुडबाट सकेसम्म टाढै बस्ने । यसले तपाईंलाई धेरै वर्षसम्म बाँच्न सघाउ पुर्‍याउँछ ।
-सामाजिक जीवनशैलीः
धेरैभन्दा धेरै राम्रा साथी भएकाहरुको स्वास्थ्य पनि निकै राम्रो हुन्छ । हुन त संसारभरीकै औसत आयु पछिल्ला दशकमा बढ्दैछ । यद्यपि, अमेरिकी वैज्ञानिकले मानिसको आयु सम्भवतः १२५ वर्षसम्म भएको ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्