Logo

शुक्रबार पनि सकिएन आलमको थुनछेक बहस



Spread the love

२२ कात्तिक, रौतहट । हत्या आरोपमा पक्राउ परेको अफ्ताव आलमको मुद्धामा शुक्रबार पनि थुनछेक बहस भएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा नौ जना कानुन व्यवसायीले बहस गरेका थिए । अब आलमको थुनछेक बहस आइतबार हुने भएको छ ।

पर्सा जिल्लाका न्यायाधीवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका साहयक न्यायाधीवक्ता रुद्रप्रसाद पन्थीले बहस गरेका छन्। यस्तै वादीको तर्फ बाट कानुन व्यवसायी डा.युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिष राम कार्की, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको स्रस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन्।

घरगोठमा बम बनाउँदै गर्दा विष्फोटमा परी सरुअठाका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएपछि मृतकका अभिभावकले २०६५ बैशाख १८ गते काग्रेंस नेता आफताब आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्