Logo

सागका लागि नेपाली महिला फुटबल टोलीको घोषणा



Spread the love

२३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले शनिबार २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

महिला टोली सागका लागि लामो समयदेखि तयारीमा रहेको थियो । प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली तयार पारेको प्रशिक्षक खड्काले बताए । महिला टोलीले पोखरामा अभ्यास गर्दै आएको थियो ।

नेपाली टोलि
गोलकिपर : एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बू, पूजा राना
मिडफिल्डर : रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बू, इन्दिरा राई, अनिता बस्नेत, मञ्जल कुमारी योञ्जन, विमला चौधरी
फरवार्ड : सावित्रा भण्डारी, निरु थापा, अनिता केसी

प्रतिक्रिया दिनुहोस्