Logo

मोदीले दिए इमरान खानलाई धन्यवाद



Spread the love

२३ कात्तिक, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिएका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।

सन्चारमाध्यमलाई प्रतिक्रिया दिनेक्रममा प्रधानमन्त्री मोदीले भने–‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनुभएको छ र सहयोग गर्नुभएको छ । त्यसैले म उहाँलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्