Logo

डा केसीलाई अनशन तोड्न आग्रह



Spread the love

२६ कार्तिक, डडेल्धुरा – डडेल्धुरामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिएका छन् । सोमबार बिहान स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मुख्यमन्त्री भट्टले डा केसीसँगै टेलिफोनमा कुराकानी गर्दै अनशन तोड्न आग्रह गरेका हुन् ।

डा केसीका सकारात्मक मागलाई सङ्घीय सरकारमा पु¥याउन सुदूरपश्चिम प्रदेश सरकार पहल गर्न तयार रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डडेल्धुरा अस्पतालमा सरकारी चिकित्सकको व्यवस्था नभएसम्म आफूले अनशन नतोड्ने डा केसीको अडान छ ।

अनशनरत डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा सर्वसाधारणले सडक बन्द गरेका छन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकाप्टर डडेल्धुरा पुगेपछि सर्वसाधारणले विरोध जनाउँदै सडक बन्द गरेका हुन् ।

अनशनरत डा केसीको माग सम्बोधन गरी आवश्यक पहल कदमी लिई तत्कालै डडेल्धुरा असपतालमा आवश्यक व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न भन्दै डक्टर सोसाइटी अफ नेपालले प्रेस वक्तव्य जारी गरेको छ । विज्ञप्तिमा चिकित्सा शिक्षाको लामो सङ्घर्ष थुपै्र आरोह–अवरोहपछि फेरि एकपटक संवेदनशील मोडमा आइपुगेको जनाउँदै डक्टर सोसाइटीले १६औँ अनशनपश्चात् राज्यद्वारा प्रतिबद्ध माग पूरा नभएकाले कात्तिक १८ गतेदेखि डा केसीले डडेल्धुराबाट १७औँ पटक अनशन थालेकाले आज आठ दिन पुगिसक्दा पनि राज्यका तर्फबाट कुनै पहलकदमी नहुनु अत्यन्तै खेदपूर्ण रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्