Logo

एसीसी इमर्जिङ एसिया कप: नेपालद्वारा भारतसामु १ सय ९४ रनको लक्ष्य प्रस्तुत



Spread the love

२८ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतलाई १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमै समेटियो ।

नेपाललाई युवा अलराउन्डर पवन सरार्फले अर्ध शतक प्रहार गरेपछि प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् । पवनले ४९ बलको सामना गर्दै ५६ रनको योगदान दिए । नेपालले पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई शुन्य रनमा गुमाएको थियो । त्यस्तै दोस्रो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई २८ रनमा गुमाएको थियो । नेपालका लागि शरद भेषावकरले ४४ रन बनाएर आउट भएका थिए । त्यस्तै दिपेद्र ऐरी २४ रन बनाएर आउट भए । विनोद भण्डारी ५ रन, सोमपाल कामी २ रनमा आउट भए भने करण केसीले १६ बलमा २० रनको योगदान दिए ।

भारतका लागि सौरभ दुबेले ७.५ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ४ विकेट लिए । यश राठोडले ७.३ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । पार्थ रेखाडे २ र सिद्धार्थ देसाईले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्