Logo

के हो मधुमेह? कसरी सजिलै मधुमेह नियन्त्रण गर्ने ?



Spread the love

विभिन्न देशका मधुमेह रोगीलाई स्वस्थ हुन सिकाउने र अरुलाई मधुमेह रोगबाट बच्ने सिकाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनको पहलमा हरेक वर्ष नोभेम्बर १४ को दिन यो दिवस मनाउने गरिन्छ ।

मधुमेह एक किसिमको दीर्घ रोग हो । यो रोग लागेपछि पाचनतन्त्रले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्ने तथा शरीरका अंगहरुले प्रभावकारी रुपमा इन्सुलिनको प्रयोग एवं उत्पादन गर्न सक्दैनन् । इन्सुलेन भनेको शरीरको एउटा हार्माेन हो । जसले रगतमा रहेको गुलियो मात्रालाई नियन्त्रित गर्नेगर्छ । यसरी मधुमेह रोग लागेको खण्डमा त्यसले रगतमा रहेको गुलियो मात्रालाई नियन्त्रित गर्न नसक्ने भएकोले त्यसले शरीरलाई समस्या सिर्जना गराउने गर्दछ ।
मधुमेहको लक्षण : अन्य रोगको जस्तै मधुमेहको पनि केही विशेष लक्षणहरु हुन्छन् । जस्तो कि, अधिक तिर्खा लाग्नु । पटक–पटक पिसाब लाग्नु । धेरै भोक लाग्नु । अकारण तौल घट्नु जस्ता समस्याहरु मधुेमहका लक्षणहरु हुन् । हामीले आफ्नो जीवनशैली र खानपानमा ध्यान दिने हो भने यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । हामीले बेलैमा ध्यान दियौं भने यो रोग लाग्नबाट सुरक्षित रहन सकिन्छ ।
-धेरै पानी पिउनुहोस्
पानीले रगतमा बढेको सुगरलाई एकत्रित गर्छ त्यसैकारण एक वयस्क मानिसले दैनिक २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ ।
– व्यायाम
व्यायाम गर्नाले शरीरमा रक्तप्रवाह राम्रो हुन्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ । नियमित व्यायाम गर्नाले उच्च मेटाबोलिज्म र मधुमेहको कम खतरा हुन्छ ।
– गुलियो कम खाने
यदि तपाईं मधुमेहलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने चिनी, सख्खर, र चिनीयुक्त कोल्ड ड्रिङ्क्स आदी कम खानु होस् । यसले रगतमा चिनीको स्तर बिल्कुल नियन्त्रणमा राख्छ ।
-फाइबर
तपाईंले खानामा गहु, ब्राउन राइस वा ह्विट ब्रेड आदी खानुपर्छ जसले शरीरमा ब्लड सुगर लेभल नियन्त्रणमा राख्छ र यसबाट मधुमेहको जोखिम कम हुन्छ ।
-ताजा फलफूल र सब्जी
ताजा फलफूलमा भिटामिन ए र सी हुन्छ जसले रगत र हड्डीको स्वास्थ्यलाई मेन्टेन गर्छ । यसबाहेक जिंक, पोटासियम, आइरन पनि राम्रो मात्रामा पाइन्छ ।
-ग्रीन टी
दैनिक चिनी बिनाको ग्रीन टी पिउनुहोस् किनभने यसमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ । जसले शरीरमा फ्रि रेडिकल्ससँग लडाईं गर्छ र ब्लड सुगर लेभललाई एकै स्तरमा राख्छ ।
-खानामा विशेष ध्यान
थोरै थोरै समयमा खाना नखाने बानीले हाइपोग्लाईसेमिया हुने सम्भावना धेरै बढ्छ जसले सुगर ७० भन्दा पनि कम हुन्छ । दिनभरमा तीनपटक खाना खानुको सट्टा थोरै थोरै छ सात पटक खानुहोस् ।
– दालचिनी
अध्ययनहरुका अनुसार दालचिनीले शरीरको सुन्निने समस्या कम गर्छ तथा इन्सुलिन लेभललाई नियन्त्रित गर्छ ।
-तनाव कम गर्नुहोस्
तनावको समय जब एड्रिनलिन लिक हुन्छ त्यतिखेर यो खलबलिन्छ जसले डायबिटिजको उच्च जोखिम पैदा हुन्छ ।
-फास्टफुड नखानुहोस्
धेरै मात्रामा जंक फुड खानाले शरीरको हालत नराम्रो हुन्छ । यसमा धेरै नुन हुने मात्रै होइन चिनी र तेलको रुपमा अत्यधिक कार्बोहाइड्रेट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्