Logo

सहकारी संस्था गाभिने



Spread the love

२८ कार्तिक, काठमाडाैँ – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले अहिले करीब रू छ खर्ब ५० अर्ब कारोवार गरेको बताएकी छन् ।

रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१औँ वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी संस्थामा जम्मा भएको पूँजी उत्पादनमा लगाउनुपर्ने बताइन् । उत्पादनमा लगाउन कानूनी बाधा व्यवधानको समाधान गरेर जाने प्रतिबद्धता व्यक्त गरिन् । वित्तीय कारोवार हुने संस्थामा केही बेथिति पनि देखिने हुँदा त्यसलाई नियमन गर्नुपर्नेमा जोड दिँदै सहकारी मन्त्रालय र सहकारी अभियानकर्मी एकताबद्ध भएर अगाडि बढनुपर्ने विचार व्यक्त गरिन् ।

उनले सहकारी अभियानलाई अगाडि बढाउने हिसाबले नियमावली निर्माण गरिएको र अब त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने बताइन् । सहकारीको सङ्ख्या धेरै भएकाले अब त्यसलाई नियन्त्रण गर्न सहकारी संस्था ‘मर्ज’को अभियान चलाइएको उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले प्रविधिको प्रयोग गरेर कर्जा जोखिम र कर्जा सुरक्षा गर्नुपर्ने बताइन् । संस्थाका अध्यक्ष ओमदेवी मल्ल जोशीले संस्थाका बारे जानकारी गराउँदै संस्थाले स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता पुरस्कार पत्रकार रामसुदन तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्