Logo

इङ्ल्यान्ड सन् २०२० को युरोकपमा छनोट



Spread the love

२९ कात्तिक, काठमाडौं । इङ्ल्यान्ड सन् २०२० को युरोकप फुटबलमा छनोट हुन सफल भएको छ । घरेलु मैदान वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलमा इङ्ल्यान्डले मोन्टेनेग्रोलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

इङ्ल्यान्डको प्रभावशाली जीतमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । एलेक्स अक्सलेड चेम्बरलेन, मार्कुस रासफोर्ड र ट्यामी अब्राहमले एक–एक गोल गरे । इङ्ल्यान्डले एक गोल उपहार पाएको थियो ।

जितसँगै समूहको शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले सात खेलबाट १८ अङ्क बनाएको छ । अर्को खेलमा चेक रिपब्लिकले कोसोभोलाई २–१ गोलले पराजित गरेको हो । जितसँगै १५ अंक बनाएको चेक रिपब्लिक दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्