Logo

सडक दुर्घटना पिडितको सम्झनामा आज विभिन्न कार्यक्रम गरि ‘विश्व सम्झना दिवस’ मनाइदैं



Spread the love

करोडौं सडक दुर्घटनाबाट पिडित, तिनका परिवार र समाजलाई सम्झने दिनको रूपमा लिइने यो दिवस सन् १९९३ मा पहिलो पटक संयुक्त अधिराज्यबाट मनाइएको थियो । संयुक्त राष्ट्र संघले पनि हरेक बर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारलाई विश्व सम्झना दिवस, सडक दुर्घटना पीडितका लागि मनाउने निर्णय २६ अक्टोबर, २००५ मा गरेको थियो ।

संसारभर, हरेक वर्ष सडक दुर्घटनामा करिब १३.५ लाख मानिसले ज्यान गुमाउने गरेका छन् भने, ३ देखि ४ करोड घाइते हुने गरेको तथ्यांकले देखाउँछ । यसर्थमा पनि सडक दुर्घटना मृत्युको ८ औँ ठुलो कारण हो ।

नेपालमा पनि औसतमा ७.६ जनाले ज्यान गुमाउने गरेको छन् (२०७५(७६) । ट्राफिक प्रहरीको यो तथ्याङ्क भन्दा विश्व स्वास्थ्य संस्थाको अनुमान झन्डै दुई गुना छ । यस्ता दुर्घटनाबाट हुने धनजनको क्षति सम्बन्धित परिवार, समाज र सम्पूण राष्ट्रको लागी अधिक हो । सडक ट्राफिक व्यवस्थापन र दुर्घटना नेपालको सहरी र सहरीकरण हुँदै गरेको क्षेत्रको लागी चुनौतीको रुपमा रहेको छ । यी समस्याको एकमात्र समाधान सुत्र छैन र साना-ठूला धेरै प्रयासहरुले मात्र सुरक्षित सडक र सडक प्रयोगको व्यवहार स्थापना गर्न सकिन्छ ।

‘विश्व सम्झना दिवस’ तिनै लाखौँ सडक दुर्घटनाका पिडित व्यक्ति, परिवार र समाजको पिडा बाड्ने र यो समस्याको भोगाईमा हामी सबैसँगै छौ भन्ने सन्देश दिन मनाईन्छ । यस दिन सडक दुर्घटना र यसको असर न्यूनिकरण गरी पिडितलाई समाजमा पुनर्स्थापना गर्न सहयोग गर्ने ट्राफिक प्रहरी, प्रहरी, आकस्मिक सेवामा खटिएका व्यक्ति, स्थास्थ्यकर्मी र अन्य सहयोगी हातहरुलाई पनि स-धन्यवाद सम्झिने गरिन्छ ।

यसै सन्दर्भमा सडक दुर्घटना पिडितलाई सम्झनका लागि, ‘सुरक्षित र दिगो यात्रा नेपाल’ (Safe and Sustainable Travel Nepal – SSTN) ले हरेक वर्ष यस दिवसमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । एसएसटिएनले गत वर्ष नेपालको सातै प्रदेशको दश स्थानमा विभिन्न कार्यक्रमहरु गरेर यस दिनलाई भब्य रुपले मनाएको थियो । यस वर्ष पनि देशभरि १४ स्थानमा प्रभावकारीताको साथ सडक सुरक्षा सम्बन्धित् हाजिरी जवाफ, र्याली, दिप प्रज्वलन, गोष्ठी, तथा सभा कार्यक्रमहरु गर्दै मनाउने भएको छ ।

कार्यक्रम हुने स्थान :
केन्द्रीय कार्यक्रम (जाउलाखेल, ललितपुर)
विराटनगर बसपार्क –विराटनगर, १ न. प्रदेश
चारआली चोक, चारआली, मेची नगरपालिका झापा, १ न. प्रदेश
आइतबारे चोक, इटहरी सुनसरी, १ न. प्रदेश
दमक बजार झापा, १ न. प्रदेश
धनगडी माई नगरपालिका १० –सिराहा, २ न. प्रदेश
भरत चोक, कलैया बारा, २ न. प्रदेश
भकुण्डे चोक, नमोबुद्ध ( काभ्रेपलान्चोक, ३ न. प्रदेश
धुलिखेल, चोक – काभ्रेपलान्चोक, ३ न. प्रदेश
दमौली चोक दमौली तनहुँ, गण्डकी प्रदेश
पृथ्वी चोक कास्की, गण्डकी प्रदेश
सिद्धार्थनगर नगरपालिका रुपन्देही, ५ न. प्रदेश
बिरेन्द्र चोक –सुर्खेत, कर्णाली प्रदेश
धनगढी उपमहानगरपालिका – कैलाली, सुदूर पश्चिम प्रदेश

सुरक्षित र दिगो यात्रा नेपाल, प्रमुख कार्यक्रम सञ्चालक, एउटा गैर नाफामूलक संस्था हो जुन नेपालमा यातायात ब्यवस्थिकरणको निमित्त काम गर्न संकल्प राख्छ । यस कार्य उद्देष्यको प्राप्तिका लागि अरू संघ संस्थासंग समन्वय गर्दै सुरक्षित र दिगो यात्रा नेपालले, गोष्ठी, सभा जस्ता कार्यक्रमका मार्फत जनचेतना फैलाउने उदेश्यका साथ काम गर्न पुष २०७३ मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्