Logo

कुवेतविरुद्धको खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक



Spread the love

३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत पाँचौ खेलमा कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । भुटानको चाङलिमिथाङ रंगशालामा खेल २:४५ बाट सुरु हुनेछ ।

खेलका लागि प्रशिक्षक योहान कालिनले सुरुवाती ११ छनोट गरेका छन् । टोलीको गोलरक्षण किरण चेम्जोङले सम्हाल्दा अन्नत तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी र रञ्जित धिमाल डिफेन्समा रहेका छन् । रोहित चन्द र विक्रम लामासँगै तेज तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् भने विङ्समा सुजल श्रेष्ठ र रवी पासवान रहेका छन् । फरर्वाडमा अभिषेक रिजालले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्