Logo

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु



Spread the love

४ मंसिर, काठमाडौं । नयाँ मन्त्री चयनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेटेर फर्किएका छन्।

शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुई अध्यक्ष बालुवाटार फर्किएका हुन्। मन्त्रीमण्डलको हेरफेरका विषयमा छलफल गर्न उनीरहरू शितलनिवास पुगेका थिए।

यस अघि बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा फेरबदल गर्ने जनाउ दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्