Logo

वृद्धाश्रमलाई नेपाली सेनाको सहयोग



Spread the love

६ मंसिर, बुटवल – यहाँ तैनाथ नेपाली सेनाको गरुडदल गणले बुटवल उप–महानगरपालिका–२ स्थित सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु वृद्धाश्रममा विविध सामाजिक कार्य गरेको छ ।

गणले वृद्धाश्रममा निःशुल्क औषधि वितरण गरेको थियो । गणबाट अधिकृतको नेतृत्वमा खटिएको टोलीले वृद्धाश्रम वरिपरि सरसफाइसमेत गरेको थियो । सो कार्यक्रममा २२ नम्बर बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी हेमकुमार गिरी र गरुडदल गणका गणपति प्रमुख सेनानी ज्योतिकुमार थापाले गणको तर्फबाट संयुक्त रुपमा वृद्धाश्रमलाई चामल, दाल, तेल, चिनी, तरकारी, मसला, बिस्कुटलगायत सामग्री प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्