Logo

टि टेनमा सन्दीप भर्सेस पारस



Spread the love

६ मंसिर, काठमाडौं । यूएईमा जारी टि टेन लिगमा नेपालका दुई स्टार खेलाडी पारस खड्का र सन्दीप लामिछाने सम्मिलित टोली एक अर्काविरुद्ध आमने सामने हुँदैछ।

लेग स्पिनर सन्दीप सम्मिलित कर्नाटक र पुर्व कप्तान पारस सम्मिलित आबुधाबीबीचको खेल राती ९ः४५ पछि शेख जायद स्टेडियममा सुरु हुनेछ ।

सुरुवाती दुई खेलमा मौका पाएका पारसले त्यसयता प्लेइङ ११ मा पर्न सकेका छैनन् । पारस तीनै खेलमा बेन्चमा बस्दा टिम आबु धाबीले २ मा हार र १ रद्ध भएको छ । अघिल्लो चरणको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

यता सन्दीपको लागि प्लेइङ ११ मा पर्नु नौलो कुरा होइन । प्लेइङ ११ निश्चित जस्तै हुँदा प्रर्दशन कस्तो रहन्छ भन्ने चाखको विषय हो । पुछारमा रहेको सन्दीपको टोली कर्नाटकको अघिल्लो चरण भने समाप्त भई सकेको छ ।

कर्नाटकका लेग स्पिनर सन्दीपको कमजोरी बारे पारसलाई राम्रोसँग थाहा छ । त्यसैले आजको खेलमा टिम आबुधाबीले मध्यक्रममा पारसलाई उतार्नसक्ने संभावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्