Logo

डिसेम्वर १ मा नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्ने



Spread the love

६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गरेको खेल तालिका र टाइसिट ‘ड्र’ अनुसार आयोजक नेपाल तुलनात्मक रुपमा सहज बंगलादेश र भुटान रहेको समूह ‘ए’ मा परेको हो ।

नेपालले १ डिसेम्वरमा बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । पाकिस्तानको टोली सहभागि नहुने भएपछि सागमा ६ टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । समूहका रहेका टोलीले एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने छ । शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्