Logo

काठमाडौँको तापक्रम यो वर्षकै सबै भन्दा कम



Spread the love

७ मंसिर, काठमाडौं । शनिबार काठमाडौँको तापक्रम यो वर्षकै सबै भन्दा कम मापन गरिएको छ । आज बिहान काठमाडौँको तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको कात्तिक १० गते काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो ।

काठमाडौँमा शनिबार दिउँसो तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान गरेको छ । यसैबीच शनिबार, आइतबार र सोमबार देशभरि कै मौसम पूर्णरुपमा नखुल्ने भएकाले अझै चिसो बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको असरले गर्दा अबको तीन दिन देशभरि कै मौसम फेरबदल हुने भएकोले चिसो बढ्न सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्