Logo

साग पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने



Spread the love

७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग पुरुष क्रिकेट प्रतियोगितामा दुई टेष्ट राष्ट्रसहित ५ टोलीको सहभागिता रहनेछ ।

नेपालले सार्वजनिक गरेको खेल तालिकाअनुसार डिसेम्बर ३ मा श्रीलंकासँग नेपालले प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

पाकिस्तान र भारतले यो सागमा भाग लिएका छैनन् । टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाले यू–२३ टोलीलाई प्रतिस्पर्धाको लागि पठाउने भएका छन् । राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्