Logo

समाजवादी पार्टी आकस्मिक पदाधिकारी बैठक बस्दै



Spread the love

७ मंसिर, काठमाडौं । सत्तारुढ समाजवादी पार्टी नेपालले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । शनिबार अपराहन्न चार बजे विकसित नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको पार्टीका केन्द्रीय सदस्य शिवजी यावदले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनमा समाजवादी पार्टी असन्तुष्ट रहेकोले सरकार छाड्न सक्ने अनुमानकाबिच पदाधिकारी बैठक बोलाइएको छ । बैठकले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा निर्णय लिने अनुमान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्