Logo

‘गुजारा श्रमलाई उद्योगमा रुपान्तरण गरिने’



Spread the love

८ मंसिर, काठमाडाैँ – कृषि तथा पशुपक्षीमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा विद्यमान गुजारा श्रमलाई उद्योगमा रुपान्तरण गर्नेगरी सरकारको सबै नीति तथा कार्यक्रमलाई केन्द्रित गर्ने बताएका छन् ।

लुम्बिनी प्रेस क्लबले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “हाम्रो मुलुकको समृद्धि, विकास र राष्ट्रिय पूँजीको विकासका लागि परम्परागत कृषिमा अल्झिएको गुजारा श्रमलाई परिवर्तन गरेर उद्योगमा ल्याउनु जरुरी छ । त्यसका लागि सरकारको सम्पूर्ण नीति तथा कार्यक्रमलाई सो कार्यमा केन्द्रित गर्छाैँ ।” सरकारको बजेट, नीति तथा कार्यक्रम लागू भएको चार महिनापछि आफू मन्त्री भएर आएको उनको भनाइ थियो । “धेरै ठूला कुरा गर्नु व्यवहारिक हुँदैन । मेरो काम सरकारको नीति तथा कार्यक्रमले जुन परिणाम खोजेको छ, जुन लक्ष्य राखेको छ । त्यसप्रति बफादार भएर काम गर्नु नै हुनेछ”, मन्त्री भुसालले भने । समस्या समाधान गर्न आफू एक्लैले चाहेर मात्र नहुने उनको भनाइ थियो । “सबै मन्त्रालयको सहयोग र सहकार्य जरुरी छ”, मन्त्री भुसालले भने ।

प्रतिक्रिया दिनुहोस्