Logo

सासु -ससुरालाई पनि आफ्नै आमाबुवा मान्ने कि ?



Spread the love

एउटा सासु-ससुरा र बुहारीको सम्बन्धमा केही तीता त केही मीठा कुराहरु भैरहन्छन् । तर पनि परिवारका सबैभन्दा महत्वपूर्ण सदस्यका रुपमा रहेका सासु र ससुराले बुहारीको स-साना कुराहरुमा रिसाइरहने गर्छन् । यसरी सासु-ससुरा तपाईंसँग खुशी हुन थाल्छन्, जसले गर्दा तपाईंको उनीहरुसंगको व्यवहार सुमधुर बन्दै जान्छ ।

विवाह अगाडि
जब तपाईं विवाह अगाडि नै भविष्यका सासु-ससुरासंग भेट्नु हुन्छ, त्यो समयमा उनीहरुलाई सम्मान दिनुहोस् र माया गर्नुहोस् । यसका साथै उनीहरुको सौखहरुको बारेमा पनि जानकारी लिनु होस् । यसो गर्दा सासु- ससुराको अगाडि तपाईंंको छवि राम्रो बन्छ र यस्तो कुराले तपाईं उनीहरुलाई एकदम मन पराउनु हुन्छ भन्ने कुरा दर्शाउँछ ।

समय दिनु पर्छ
कुनै पनि सम्बन्ध बनाउन धेरै समय लाग्छ भन्ने कुरालाई ध्यान दिनु पर्छ । यदि तपाइर्ंले केही समय आफ्ना सासु-ससुराको साथमा बिताउनु भयो भने तपाईंहरुबीचको दुरी कम हुन्छ र सम्बन्ध सुमधुर हुन्छ ।

मनपर्ने-नपर्ने कुराहरु
विवाहपश्चात प्रत्येक महिलाले आफ्नो श्रीमान् संगसंगै सासु-ससुराको पनि रुचि थाहा पाउनु अत्यन्तै आवश्यक रहेको छ । यदि उनीहरुलाई घुम्न मन पर्छ भने उनीहरुलाई फेमिली ट्रीपमा लिएर जानु पर्छ । यसले तपाईहरु बिचको उत्पन्न मनमुटाव, गुनासोहरुलाई कम गर्नुको साथै एक-अर्कालाई सुन्ने र बुझ्ने मौका पनि मिल्छ ।

विशेष दिनलाई स्मरणिय बनाउनु पर्छ
विशेष मौकामा सरप्राइज गिफ्ट अथवा पार्टी दिएर उनीहरुलाई विशेष महसुस गराउन सक्नु हुन्छ । आफ्ना सासु-ससुरालाई सपिङमा लान सक्नु हुन्छ । साथै ससुरालाई शर्टको ठाउँमा टि-शर्ट तथा सासुलाई साडि भन्दा कुर्ता सुरुवाल किनिदिएर उनीहरुलाई मोर्डन बनाउन सकिन्छ ।
सल्लाह लिनु पर्छ
सर्वप्रथम उनीहरुलाई आफ्नो साथी बनाउनु पर्छ । उनीहरुसंग मित्रता गाँसेर घरमा कुनै पनि निर्णय लिनु भन्दा अगाडि एउटा साथी जस्तै उनीहरुको अनुमति लिनु आवश्यक छ ।

शेयरिङमा लुकेको केयरिङ
साँझको चिया सासु-ससुरासंग पिउनु पर्छ । उनीहरुसंग आफ्नो अफिस र साथीहरुको कुराहरु सबै शेयर गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्