Logo

पूर्वप्रमुख सूचना आयुक्त कसजूको निधन



Spread the love

१० मंसिर, काठमाडाैँ – राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सञ्चालक समिति सदस्य विनयकुमार कसजूको आज निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कसजूको आज दिउँसो निधन भएको हो ।

मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएका उनि गत कात्तिक १९ गते अस्पताल भर्ना भएका  थिए । गुल्मीको रिडीमा २००४ सालमा जन्मिएका कसजूका श्रीमती र तीन छोरा छन् । उनका दुई सयभन्दा बढी बालकथा प्रकाशित छन् ।

नेपालको ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता कसजूले देउराली पत्रिका प्रकाशनसमेत गरेका थिए । कसजूले बालबालिकालाई कविता र कथा लेख्न सिकाएका थिए ।

प्रतिक्रिया दिनुहोस्